नारायणकाजी श्रेष्ठद्वारा अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको कडा निन्दा -अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो
काठमाडौं । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको घटनाको कडा निन्दा गरेका छन्।
उनले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटना स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो आक्रमण भएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् – ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला माथि गरेको बर्बर आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनका श्रीमतीलाई कब्जामा लिएको घटना एउटा स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको नाङ्गो आक्रमण हो’
उनले अमेरिकाले कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरेको भन्दै तीव्र भत्र्सना समेत गरेका छन्। उनले यस प्रकारका घटनाले विश्व शान्ति र अन्तर्राष्ट्रिय मर्यादामाथि गम्भीर चुनौती सिर्जना गरेको बताएका छन्।
