`

कञ्चनपुरको चवन्नीबाट ठूलो परिमाणको लागु औषध खैरो हिरोइनसहित एक युवक पक्राउ

Nepal One HD २२ पुष २०८२ २१:३५
समाज

कञ्चनपुर, २२ पुस : कञ्चनपुरको बेलडाँडी गाउँपालिका चवन्नीबाट ठूलो परिमाणको लागु औषध खैरो हिरोइनसहित आज एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाउँपालिका–२, चवन्नी खल्लास्थित ‘आउट अफ जोन’ रिसोर्ट नजिकबाट १८ वर्षीय निशान्त रानालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका रानालाई चेकजाँच गरेको थियो ।

बरामद सामग्री चेकजाँचका क्रममा रानाले साथमा लुकाइछिपाई राखेको सेतो प्लास्टिकभित्र लागुऔषध खैरो हिरोइन २१ ग्राम १३० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेको उहाँले बताउनुभयो । पक्राउ परेका रानालाई नियन्त्रणमा लिएर लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *