`

भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ : नेपाल सरकार

Nepal One HD २५ पुष २०८२ ७:१८
प्रमुख खबर

काठमाडौँ- नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।परराष्ट्र मन्त्रालय विज्ञप्तिमार्फत सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन तथा तनाव थप चर्किन सक्ने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गरेको छ ।

सरकारले संयुक्त राष्ट्रसङ्घको चार्टरमा उल्लेखित राष्ट्रहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गर्नुको महत्त्वमा जोड दिएको छ ।

नेपाल सरकारले विवादहरू संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्छ भन्ने कुरामा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *