`

रूकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

Nepal One HD २६ पुष २०८२ १७:३२
राजनीति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा पूर्वी रूकुमबाट उम्मेदवारी दिने तयारी लगभग निश्चित भइसकेको बताएका छन् । पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले रूकुमलाई आफ्नो राजनीतिक गन्तव्य बनाउने स्पष्ट संकेत दिएका हुन् ।

सभामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘आगामी चुनावमा म रूकुममैबाट लड्ने सम्भावना निकै बलियो छ । तर यहाँ उपस्थित साथीहरूले यो अहिलेको पश्चिम रूकुम मात्र ठान्नु पर्ने छैन, पूर्वी रूकुम आउने करिब निश्चित भइसकेको छ ।’ उनका अनुसार पूर्वी रूकुमबाट उम्मेदवारी दिने निर्णय भए पनि पश्चिम रूकुमसँगको राजनीतिक र भावनात्मक सम्बन्ध भने निरन्तर रहनेछ ।

उनले रूकुमले सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिक यात्रासम्म खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै जनताको भरोसा र समर्थन नै आफ्नो मुख्य शक्ति भएको बताए । ‘पूर्वी र पश्चिम दुवै रूकुम क्रान्तिको आधारभूमि हुन् । त्यसैले म जहाँबाट चुनाव लडे पनि रूकुमसँग मेरो सम्बन्ध टुट्दैन’, उनले थपे । प्रचण्डको यो घोषणासँगै रूकुम केन्द्रित राजनीतिक गतिविधि थप सक्रिय हुने संकेत देखिएको छ । स्थानीय नेता–कार्यकर्ताहरूले पनि उनको सम्भावित उम्मेदवारीलाई उत्साहका साथ स्वागत गरेका छन् । आगामी दिनमा पार्टीभित्रको औपचारिक निर्णयपछि उनको उम्मेदवारीबारे स्पष्टता आउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *