`

भृकुटीमण्डप आईपुगे थापा र शर्मा

Nepal One HD २७ पुष २०८२ १४:१८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल भृकुटीमण्डप आइपुगेका छन्। विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्नको लागि महामन्त्रीद्वय भृकुटीमण्डप आएका हुन्।

महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा विशेष महाधिवेशन आह्वान भएको थियो । कार्यक्रमस्थल भृकुटीमण्डपमा विभिन्न ठाउँबाट बाजागाजासहित जुलुसहरू आउने क्रम जारी छ। कार्यक्रम स्थल अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले भरिभराउ देखिन थालेको छ ।

महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तालेहरूले भृकुटीमण्डपमा ‘अब पालो गगन-विश्व युग’ को भन्दै नारा लगाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *