`

इतिहासको ब्याज खाएर पार्टी चल्दैन : गोपालमान श्रेष्ठ

Nepal One HD २७ पुष २०८२ १५:२१
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी कुनै व्यक्तिको पेवा नभइ विधानअनुसार चल्नुपर्ने स्पष्ट पारे। उनले विधि र प्रक्रियाबाट विचलित हुँदा पार्टी कमजोर बन्दै जाने चेतावनी पनि दिए।

श्रेष्ठले मुलुक जटिल अवस्थामा पुगेको र राष्ट्रियता खतरामा रहेको उल्लेख गर्दै दक्षिण एसियाको राजनीतिक अवस्था पनि अस्थिर बन्दै गएको बताए। ‘दक्षिण एसियामा हाम्रो आकाशमा बादल मडारिएको छ,’ उनले भने।

इतिहासका उपलब्धिहरू मात्र स्मरण गरेर भविष्य सुरक्षित नहुने धारणा व्यक्त गर्दै श्रेष्ठले भने, ‘राजा फाल्यौं, प्रजातन्त्र ल्यायौं भनेर इतिहासको ब्याज खाएर भविष्य चल्दैन।’

उनले नेपाली कांग्रेस कमजोर भए देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीलाई सशक्त, अनुशासित र विधानसम्मत ढंगले अघि बढाउन आवश्यक रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *