पर्यटन बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर
गोदावरी (कैलाली), २८ पुसः नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गर्न धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा बोर्डको कार्यालय स्थापना गर्ने निर्णयअनुसार उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा नगर विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारीअनुसार नगर विकास समितिले प्रदेश कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनुका साथै भवनमा विद्युत्, खानेपानी र ढल व्यवस्थाको उपयुक्त व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको उपमहानगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।
पर्यटन बोर्डले कार्यालय सञ्चालनका लागि भवनको सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा आवश्यक कार्यालय सामग्रीको व्यवस्थापन गर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । उपलब्ध भवनको मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेटको शुल्क बेहोर्ने तथा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने दायित्व पनि बोर्डकै रहने उपमहानगर प्रमुख हमालको भनाइ छ ।
समझदारीपत्रको अवधि हस्ताक्षर भएको मितिदेखि पाँच वर्षको हुने र आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । कुनै कारणवश कार्यालय सार्नुपर्ने वा भवन खाली गराउनुपर्ने अवस्था आएमा कम्तीमा एक महिनाअघि कारणसहित लिखित सूचना दिनुपर्ने प्रावधान राखिएको छ ।
समझदारीपत्रमा उल्लिखित विषयमा कुनै संशोधन वा थप स्पष्टता आवश्यक परेमा दुवै पक्षको आपसी सहमतिमा गर्न सकिने जनाइएको छ । बोर्डको आर्थिक वर्ष २०८२÷८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको जनाइएको छ ।पर्यटन बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर
गोदावरी (कैलाली), २८ पुसः नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गर्न धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशमा बोर्डको कार्यालय स्थापना गर्ने निर्णयअनुसार उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा नगर विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारीअनुसार नगर विकास समितिले प्रदेश कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनुका साथै भवनमा विद्युत्, खानेपानी र ढल व्यवस्थाको उपयुक्त व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको उपमहानगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो ।
पर्यटन बोर्डले कार्यालय सञ्चालनका लागि भवनको सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा आवश्यक कार्यालय सामग्रीको व्यवस्थापन गर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । उपलब्ध भवनको मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेटको शुल्क बेहोर्ने तथा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने दायित्व पनि बोर्डकै रहने उपमहानगर प्रमुख हमालको भनाइ छ ।
समझदारीपत्रको अवधि हस्ताक्षर भएको मितिदेखि पाँच वर्षको हुने र आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । कुनै कारणवश कार्यालय सार्नुपर्ने वा भवन खाली गराउनुपर्ने अवस्था आएमा कम्तीमा एक महिनाअघि कारणसहित लिखित सूचना दिनुपर्ने प्रावधान राखिएको छ ।
समझदारीपत्रमा उल्लिखित विषयमा कुनै संशोधन वा थप स्पष्टता आवश्यक परेमा दुवै पक्षको आपसी सहमतिमा गर्न सकिने जनाइएको छ । बोर्डको आर्थिक वर्ष २०८२÷८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको जनाइएको छ ।
