`

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

Nepal One HD २८ पुष २०८२ १९:२८
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौँ, २८ पुसः नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको छ ।

आज दुई पार्टीबीच दुई बँुदे सहमति गर्दै पार्टी एकता भएको हो । लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउँदै आएको मुद्दालाई नेकपाको आन्तरिक जनवादमा छलफल र बहसमार्फत टुङ्गो लगाउने सहमति भएको छ ।

सहमतिपत्रमा भानिएको छ, “नेपाली कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद वैज्ञानिक समाजवादलाई स्वीकार गर्दै लिम्बुवानको पहिचानको मुद्दालाई उठाइरहेको पार्टी लिम्बुवान क्रान्तिकारी पार्टीबीचमा दुई बुँदाहरूमा एकता गर्ने सहमति गरियो ।”

यसैगरी लिम्बुवान पार्टीका सबै तहका समितिलाई सम्मानका साथ उपयुक्त ढङ्गले समायोजन गर्ने पनि सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *