सिन्धुलीको एक एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
अपराध
काठमाडौं सिन्धुलीमा नेपाल एसबीआई बैंक लुटपाट भएको छ। मंगलबार साँझ सिन्धुलीको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा हतियारसहित आएका लुटेरा समूहले लुटपाट गरेका हु्न् ।
बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरी सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।
लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
