`

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Nepal One HD २ माघ २०८२ १८:०७
निर्वाचन विषेश

धरान (सुनसरी) – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको हो ।

निर्वाचन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय दुहवीस्थित पशु सेवा तालिम केन्द्रमा स्थापना गरिएको छभने निर्वाचन क्षेत्र नं २ को कार्यालय इनरुवास्थित शिक्षा तालिम केन्द्रमै स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय भने धरान–८ स्थित सभागृहमा स्थापना गरिने सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा मुख्य निर्वाचन अधिकृतका रूपमा प्रकाश राउतलाई तोकिएको छभने निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको छ ।

कार्यलय स्थापना भएसँगै आजदेखि निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया निर्वाचन अधिकृतको कार्यालयमार्फत सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *