`

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिएको विरोधमा नेपाल विद्यार्थी संघले निकाल्यो मसाल जुलुस

Nepal One HD २ माघ २०८२ १९:२७
बिशेष

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिएको विरोधमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ नेविसंघको कोटेश्वर बहुमुखी क्याम्पस एकाइ समितिको अगुवाइमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

उनीहरूले लामिछानेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरेका छन् । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न अदालतमा जारी सम्पत्ति सुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *