प्रहरी देख्दा नागरिकले भराेसा गरुन् : आईजीपी केसी (भिडियाे)
भिडियो
काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनाेज केसीले संविधान र कानुनप्रति अविचलित रहने प्रतिबद्धता जनाएका छन् । उनले नागरिककाे सुरक्षा र सम्मानलाई पनि सर्वाेपरी राख्ने बताए ।
पदभार ग्रहण गर्दै उनले संगठनकाे मर्यादा र निष्पक्षतामा कुनै सम्झाैता पनि नगर्ने दाबी गरे । उनले आफूले के पाएँ भन्दा पनि आफ्नाे कार्यकालमा जनतालाई के दिन सकेँ भन्ने आधारमा मूल्याङ्कन हुने बताए ।
यस्तै उनले नागरिकले प्रहरी देख्दा डर हाेइन, भराेसा महसुस गरुन् भनेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
