सर्वोच्चको ढोका ढक्ढक्याउन जाँदै शेरबहादुर देउवा
नेपाली कांग्रेस
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधाकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।
नेता डा. प्रकाशशरण महतका अनुसार शनिबार बिहान बसेको बैठकले आयोगको निर्णय बदर माग गर्दै सर्वोच्च जाने निर्णय गरेको हो ।
आयोगले शुक्रबार गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसलाई आधिकारिता दिएको थियो ।
आयोगको उक्त निर्णयले चार तारे झण्डासँगै रुख चिह्न गगन नेतृत्वको नेपाली कांग्रेसको पक्षमा पार्यो ।
आयोगको यस्तो निर्णयलाई देउवा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्वीकार गर्दै कानुनी चुनौती दिने चेतावनी दिएका थिए ।
सोहीअनुसार शनिबार बसेको बैठकले अदालत जाने निर्णय गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
