गगन थापाले खोजे कांग्रेसको अभिभावकीय भूमिकामा शेरबहादुर देउवा
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा रहन आग्रह गरेको छ ।
उनले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।
बैठकपछि उनले पत्रकारसँग भने, ‘आगामी दिन हाम्रो पार्टीलाई निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका रहनेछ भन्ने विश्वास पनि हामीलाई छ ।’
बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ । ‘जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ । निर्वाचन पनि आइरहेको छ,’ प्रवक्ता चालिसेले भने, ‘पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्याउन हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।’
बैठकले पार्टीको निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसलाई बलियो बनाउने भूमिका निर्वाह गर्न अपिल गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
