राष्ट्रियसभाबाट तीन जनाले दिए राजीनामा, प्रतिनिधिसभामा लड्ने
प्रमुख खबर
काठमाडौं । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रियसभा सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।
नेकपाका नेता श्रेष्ठ सर्लाही ३ बाट उठ्दै छन् । त्यस्तै वामदेव बर्दिया १ बाट र एमालेकी न्यौपाने तनहुँ १ बाट उम्मेदवारी दिँदै छन् । तीनै जना सांसदहरुको कार्यकाल आउँदो फागुन २० गते सकिँदै थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
