`

पूर्णबहादुर खड्काको ठाउँमा भाइ विष्णु कांग्रेस उम्मेदवार

Nepal One HD ६ माघ २०८२ १३:३६
निर्वाचन विषेश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का चुनाव नलड्ने भएपछि उनका भाइ विष्णुले सुर्खेत–१ मा टिकट पाएका छन् ।

उनी कांग्रेस सुर्खेतका उपसभापति हुन् । पूर्णबहादुरले यसपटक निर्वाचन नलड्ने भनेका थिए । त्यसपछि सुर्खेत–१ मा कसले टिकट पाउने होला भन्ने थियो ।

सभापति गगन थापाले विष्णुलाई उम्मेदवार बनाएका हुन् । विष्णु व्यवसायीसमेत हुन् । त्यहाँ राप्रपाका युवा नेता रविकिरण हमाल उम्मेदवार छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *