सर्लाही– २ मा राजेन्द्र महतोको उम्मेदवारी दर्ता
निर्वाचन विषेश
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही–२ मा उम्मेदवारी दर्ता गराएका छन् ।
जुलुससहित नाराबाजी गर्दै उम्मेदवारी दर्ता गर्न उनी निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनको यसपटक नेकपा उम्मेदवार महेन्द्र राय यादवसँग प्रतिस्पर्धा हुने भएको छ ।
पूर्वउपप्रधानमन्त्री महतो लामो समयदेखि मधेश आन्दोलनमा सक्रिय नेता हुन् । तर, केही वर्षदेखि मधेस आन्दोलन सुस्ताएको छ ।
नेता महतो, जसपा अध्यक्ष अशोककुमार राई र नाउपा अध्यक्ष रेशमलाल चौधरीले गठबन्धन बनाएर चुनावमा गएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
