`

सात पूर्वस्वास्थ्यमन्त्री चुनावी दौडमा, कसले कहाँबाट उम्मेदवारी दर्ता गराए ?

Nepal One HD ६ माघ २०८२ १९:५९
निर्वाचन विषेश

काठमाडौँ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सात जना पूर्वस्वास्थ्यमन्त्रीले देशका विभिन्न स्थानमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज पूर्वस्वास्थ्यमन्त्री गगन थापा, प्रदीप पौडेल, पदम गिरी, शेरबहादुर तामाङ, प्रदीप यादव, उपेन्द्र यादव र भानुभक्त ढकालले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।

निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस सभापति थापा सर्लाही क्षेत्र नं ४, कांग्रेसकै पौडेल काठमाडौँ क्षेत्र नं ५, एमालेका गिरी पर्वतबाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै, सिन्धुपाल्चोक क्षेत्र नं २ बाट एमालेका तामाङ, पर्सा १ बाट एमालेकै प्रदिप यादव, सप्तरी क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष यादव र तेह्रथुमबाट एमालेका ढकालले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *