झापामा उत्साहजनक मनोनयनः ५ निर्वाचन क्षेत्रमा ९० उम्मेदवार मैदानमा
झापा। आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आज उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।
मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी डिल्लीराम प्रसाईका अनुसार पाँचवटा निर्वाचन क्षेत्रमा कूल ९० जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचनमा २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । क्षेत्र नं १ बाट क्षेत्रमा दुई जना स्वतन्त्रसहित १५ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं २ मा तीन जना स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर ३ मा दुई जना स्वतन्त्रसहित १७ जना, क्षेत्र नं ४ मा एक जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नं ५ मा नौ जना स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको छ उहाँले जानकारी दिनुभयो ।
ठूला दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्मको सक्रियताले झापाको चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ ।
