`

सिन्धुलीमा बागी विवाद : प्रचण्डले हरिबोलसहित सिन्धुलीका नेताहरूलाई बोलाए काठमाडौं

Nepal One HD ८ माघ २०८२ १५:४४
निर्वाचन विषेश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुली–२ को टिकट विवाद सल्टाउन नेताहरूलाई काठमाडौं बोलाएका छन् । सिन्धुली–२ मा राजन दाहालविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएपछि प्रचण्डले विवाद समाधान गर्नका लागि नेताहरूलाई आज काठमाडौं बोलाएका हुन् ।

बागी उम्मेदवारको प्रस्ताव नेकपाका शीर्ष नेता हरिबोल गजुरेल बनेका छन् । सिन्धुली–१ बाट सिफारिस भएका दाहाललाई २ मा टिकट दिएपछि उनीहरू असन्तुष्टि बनेका हुन् । टिकट विवाद चर्किएपछि समाधानको लागि प्रचण्ड पनि काठमाडौं फर्किएका छन् । उनी उम्मेदवारी दर्ता गर्न रुकुम पूर्व पुगेका थिए । अध्यक्ष काठमाडौं आएर आफूहरूलाई छलफलको लागि बोलाएको नेता गजुरेलले बताए ।

प्रचण्डले बोलाएपछि आफूसहित महेश्वर दाहाल, जिल्ला पार्टी संयोजक पानीराज बमजन र जिल्ला इन्चार्ज वसन्त माझी सिन्धुलीबाट काठमाडौं आउन लागेको नेता गजुरेलले बताएका छन् । उनले आफूहरू ब्याक नहुने अडानमा रहेको बताए । उनले भने, ‘हामी अगाडि बढिसकेका छौं । अब अगाडि जाँदा चट्टान छ, पछाडी भिर छ । पछि हटेर भिरबाट खस्ने कुरा हुँदैन, चट्टान फोडेरै अघि बढ्ने हो ।’ उनले आफूहरूको स्पष्ट अडान संयोजक प्रचण्डसँगको भेटमा पनि राख्ने तयारी गरेको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *