`

राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थालेको भन्दै संविधानविद् आचार्यले जनाए आपत्ति

Nepal One HD ८ माघ २०८२ १८:५१
बिशेष

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले ‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थालेको बताएका छन् ।

पछिल्लो समय राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, झण्डाकै आवरणमा देशविरोधी गतिविधि गर्ने तथा झण्डा प्रयोग गरेर मत माग्ने जस्ता कार्यहरू बढ्दै गएको भन्दै आचार्यले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओडेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओडेर देश जलाउने, राष्ट्रिय झण्डा ओडेर मत माग्ने, यी कार्य बर्जित छन् । तत्काल बन्द हुनुपर्यो । राष्ट्रिय झण्डा ओड्ने कपडा होइन । यसतर्फ सम्वद्ध निकायको ध्यान जावस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *