`

महावीर पुनलाई त्रिभुज चुनाव चिन्ह

Nepal One HD ९ माघ २०८२ १७:२१
निर्वाचन विषेश

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा म्यादीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले आज पुनलाई त्रिभुज चुनाव चिन्ह पाएका हुन् । शिक्षामन्त्रीबाट राजीनामा दिएर पुन म्यादीवाट चुनाव लड्न लागेका हुन् । त्रिभुज चुनाव चिह्न पाएपछि उनले भनेका छन्, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ ।’

उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोजेका हुन् । आयोगले कुनै–कुनै चिह्न प्रयोग गर्न नमिल्ने भनेर त्यस्तो सूचीको रुपमा सूचीबद्ध गरेको छ । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिनेछ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १ हजार १८८ रहेको छ । यो कूल उम्मेदवारको ३४.०६९ प्रतिशत हो । बाँकी २ हजार २९९ जना दलगत उम्मेदवार छन् । उम्मेदवारको यही ६ माघमा भएको हो । आज चुनाव चिह्न वितरणको कार्यतालिका छ । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *