`

भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल, २३३ मतदान केन्द्र

Nepal One HD ९ माघ २०८२ १९:२०
निर्वाचन विषेश

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदानका लागि उपकेन्द्र भने थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमख प्रकाश मगरले जानकारी दिनुभयो । उहाँले यसअघि दुई सय २२ वटा मतदान उपकेन्द्र रहेकामा यस वर्ष १३ वटा थप गरी दुई सय ३५ पु¥याइएको बताउनुभयो । उहाँका अनुसार क्षेत्र नं १ र २ मा गरी दुई लाख पाँच हजार ४१० जना मतदाता छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ वटा मतदानस्थल र एक सय १९ मतदान केन्द्र निर्धारण गरेको मगरले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं २ का लागि ३९ मतदानस्थलमा एक सय १४ मतदान केन्द्र निर्धारण गरेको छ ।

कार्यालय प्रमुख मगरले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता पूर्ण परिपालनका लागि उम्मेदवार एवं दलहरूलाई आग्रह गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *