माननीय छान्न बागमतीमा मध्याह्नसम्म ७० प्रतिशत मतदान {तस्वीरहरु}
निर्वाचन विषेश
हेटौंडा । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा मध्याह्नसम्म ७० प्रतिशत बढी मत खसेको छ । प्रदेश सभातर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१७ जनाले मतदान गरेका छन् । बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन् ।
प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका थिए । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएको छैन । यस्तै, स्थानीय तहतर्फ ३३५ मतदाता छन् । तीन वटा नगरका मेयरले प्रतिनिधि सभामा भाग लिन राजीनामा दिएका छन् । जसले गर्दा स्थानीय तहका तीन जना मतदाता कम भएका हुन् ।
तस्वीरहरु

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
