भुसाल नेकपाको राष्ट्रियसभा संसदीय दलको नेता र शाह प्रमुख सचेतक नियुक्त
प्रमुख खबर
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आइतबार भएको नेकपाको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसालाई संसदीय दलको नेतामा नियुक्त गरेको हो ।नेकपाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे नियुक्त भएका छन् । यसअघि नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए । उनले पदबाट राजीनामा दिएर सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
