अनसनरत अजय सोडारीलाई भेट्न माइतीघर मण्डला पुगे दुर्गा प्रसाई
प्रमुख खबर
काठमाडौं । विभिन्न माग राखी नौं दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनसनमा बसिरहेका जेनजी अभियन्ता अजय सोडारीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाई माइतीघर मण्डला पुगेका छन् ।
अनसनको नवौं दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल नभएको जेनजी युनाइटेडको भनाइ समेत रहेको छ । गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय सचिवालयले गर्न सक्दैन’ भन्दै फर्किएको उनले बताए । आन्दोलनरत पक्षले गृहमन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने माग राखेका छन् ।
तस्वीर : दिशान्त देसार / नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
