`

देश चुनावमा होमिँदा पनि प्रचार सामग्रीको आएन ठूलो अर्डर {तस्वीरहरु}

Nepal One HD १४ माघ २०८२ १२:१६
प्रमुख खबर

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन् । पूरै देश चुनावमा होमिइसकेको छ । देशभर प्रचारप्रसार सुरू भइसक्दा पनि प्रचार सामग्री बनाउने व्यवसायीहरूलाई भने चुनावको लहरले छुन सकेको छैन । पहिलेका चुनावमा निकै व्यस्त हुने व्यवसायीहरूले ठूलो अर्डर नआएको बताएका छन् ।

स–सानो काममात्रै उनीहरुले पाइरहेका छन् । उनीहरुका अनुसार पहिले पहिले चुनावको एक महिना अघि नै अर्डर पुरा गर्न हम्मेहम्मे हुन्थ्यो । एकै पटक लाख–लाख पिसको अर्डर आउने गथ्र्यो । यो पटक भने धेरै चहलपहल छैन । निर्वाचन प्रचारप्रसारमा दलका झण्डा र प्रचार सामग्री प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेका कारण अर्डर कम आएको हुन सक्ने व्यवसायीहरुको अनुमान छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *