`

बिहानैदेखि धुम्म काठमाडौं {तस्वीरहरु}

Nepal One HD १४ माघ २०८२ १३:०३
प्रमुख खबर

काठमाडौं । नेपालमा न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशभर मौसम बदली भएको छ । बुधबार बिहानदेखि नै देशका उच्च भू–भाग, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षासहित हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ ।

बिहानैदेखि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ, जसका कारण दैनिक जनजीवन प्रभावित भएको छ । यसैबीच, काठमाडौँ उपत्यकाको वायु गुणस्तर खराब बनेपछि घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप ‘आईक्यूएयर’ का अनुसार काठमाडौँको वायु गुणस्तर ‘अति अस्वस्थकर’ स्तरमा पुगेको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *