`

कांग्रेसनिकट प्रेस युनियनका मधेस अध्यक्ष नेकपा प्रवेश

Nepal One HD १७ माघ २०८२ १८:५१
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मधेस प्रदेशका पत्रकार विजय कुसवाह प्रवेश गरेका छन् ।

उनलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराए ।

कुसवाह नेपाली कांग्रेसनिकट प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य थिए ।

विजयपथ डटकमका प्रधान सम्पादकसमेत रहेका उनी जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुख भइसकेका पत्रकार हुन् ।

उनलाई नेकपा प्रवेश गराउन आयोजित कार्यक्रममा पार्टी सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *