`

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन राष्ट्रिय मानवअधिकार आयोगको जोड

Nepal One HD १९ माघ २०८२ १८:५०
राजनीति

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र मानव अधिकारमैत्री निर्वाचन बनाउनुपर्ने बताए।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा मानवअधिकार र राजनीतिक दलको भूमिका’ विषयक छलफलमा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष मगरले भयरहित वातावरणमा निर्वाचन हुने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमनलाई जोड दिइरहेको बताए। उनले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे।कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेताहरूले निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमनलाई आयोगले थप प्रभावकारी बनाउनुपर्ने र निर्वाचनका सम्बन्धमा आयोगबाट यसअघि भएका सिफारिस कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । आयोगले विगतमा पनि निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमन गरी नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई सुझाव तथा सिफारिसहरू गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *