`

कांग्रेस सभापतिद्वारा दुलाल कार्यवाहक मुख्यसचिव नियुक्त

Nepal One HD २१ माघ २०८२ १६:५९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पेश गरेको राजीनामा स्वीकृत गरेका छन्।

पार्टीको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व चयन हुनेक्रममा पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए। उनी ७ वैशाख २०७३ देखि कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको जिम्मेवारीमा थिए।

सभापतिले राजीनामा स्वीकृत गर्दै सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्यसचिवको जिम्मेवारी दिएका छन्।

कांग्रेस सचिव प्रकाश शर्माका अनुसार दुलाललाई कार्यवाहक मुख्यसचिवको जिम्मेवारी कांग्रेस विधानको धारा २५ (१०), नियमावली २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली २०७९ को नियम १४ (क) अनुसार प्रदान गरिएको हो।

पार्टीले आगामी कार्य सञ्चालन सहज रूपमा अघि बढाउन यस निर्णयलाई महत्वपूर्ण कदमको रूपमा लिइएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *