`

प्रधानमन्त्री बन्ने कुलमानकाे दाबी (भिडियो)

Nepal One HD २२ माघ २०८२ १२:११
उज्यालाे नेपाल पार्टी

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावपछि देशको नेतृत्व गर्ने दाबी गरेका छन् ।

चुनावी कार्यक्रमका लागि जनकपुर पुगेका घिसिङले सञ्चाकर्मीसँग कुरा गर्दै अरूलाई प्रधानमन्त्री बनाउनको लागि आफूहरू नआएको बताए ।

उनले भने, ‘सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन, डेलिभरी दिएर अर्ग्यानिक रूपमा स्थापित भएको पार्टी हो । छोटो समयमा आएको भए पनि यो पार्टीले नै देशको नेतृत्व गर्छ, प्रधानमन्त्री हामी नै हुन्छौँ, देशको लिड गर्छौँ । यो देशको लिड गर्न आएका हौँ, कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ ।’

उनले भाषण गरेर मात्रै प्रधानमन्त्री नहुने भन्दै कामको आधारमा जनताले छानेपछि हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *