`

चुनाव हुन्छ, किन्तु परन्तु छैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त (भिडियो)

Nepal One HD २२ माघ २०८२ १८:५७
निर्वाचन विषेश

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्ने बताएका छन् ।

आचारसंहिता कार्यान्वयन भए/नभएको विभिन्न तह र तप्काबाट अनुगमन भइरहेको भन्दै उनले आचारसंहिताको उल्लङ्घन भएको दाबीसहित उजुरीहरू पनि आइरहेको बताए ।

उजुरी परेपछि आयोगले सम्बन्धित व्यक्ति वा निकायलाई सुनुवाइको मौका दिनुपर्ने हुनाले स्पष्टीकरण मागेको जानकारी दिए । कतिपयले जवाफ दिएको र केहीको आउने क्रममा रहेको भन्दै उनले आयोगले सन्तोषप्रद जवाफ नआए फेरि सोध्ने बताए ।

तोकिएको समयमा निर्वाचन हुने भन्दै भण्डारीले भने, ‘किन्तु परन्तु छैन भनेर सरकारको तर्फबाट र आयोगको तर्फबाट विश्वास दिलाइरहेका छौँ हामीले ।’

आयोग आगामी २१ फागुनमा निर्वाचन गर्ने तयारीमा जुटिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *