`

एमाले अध्यक्ष ओली गौरीगञ्ज केन्द्रित कार्यक्रममा

Nepal One HD २६ माघ २०८२ ११:५३
निर्वाचन विषेश

गौरीगञ्ज- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्‌नो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । 

झापा क्षेत्र नं. ५ अन्तर्गत पर्ने सिमावर्ती पालिका गौरीगञ्जका विभिन्न कार्यक्रम र टोलमा पुगेर मतदाताहरुसँग भेट गर्ने कार्यक्रम रहेको एमाले निर्वाचन परिचालन समितिले जनाएको छ । आजको अध्यक्ष ओलीको कार्यक्रम गौरीगञ्ज बहुमुखी क्याम्पसबाट शुरु हुने छ । सो कार्यक्रममा उनले करिव १ बजे सम्म रहने कार्यतालिका छ । त्यस पछि ओली मतदातासँगको भेटका लागि विभिन्न बस्तिमा पुग्नेछन् । 

पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगाडाँगी लगायतका बस्तिमा पुगि मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको छ । त्यस क्रममा उनले हुलाकी राजमार्ग तथा नयाँ शहरको रुपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन पनि गर्नेछन् । शुक्रबार देखि ओली आफु उम्मेद्वार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

 उनले शनिबार र आईतबार कमल गाउँपालिकाका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरे । त्यस क्रममा स्थानीयले यस क्षेत्रको विकासका लागि ओलीले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै फेरि पनि जितेर बाँकि कामहरु पूरा गर्न आग्रह गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *