`

सरकारलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन गर्न राष्ट्रिय सभा सदस्यहरूको सुझाव

Nepal One HD २८ माघ २०८२ १६:४७
निर्वाचन विषेश

काठमाडौं । सरकारलाई आसन्न प्रतिनिधिसभा निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सभा सदस्यहरूले सुझाएका छन् ।

देशको ठाउँठाउँमा प्रहरी र सशस्त्र प्रहरीमाथि नै आक्रमणका घटना सार्वजनिक भइरहँदा उनीहरूले सरकारलाई त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले हालै सुरक्षाकर्मीमाथि भएका आक्रमणका घटनाले निर्वाचन सुरक्षामा चुनौती थपिएको बताउँदै प्रहरीको मनोबल उच्च राख्न विशेष पहल आवश्यक रहेको बताए । उनले शून्य समयमा भने, ‘सुरक्षा संयन्त्रप्रति जनविश्वास कमजोर हुन नदिन सरकार गम्भीर हुनुपर्छ ।’

कांग्रेसकै सांसदहरू पदमबहादुर परियार र विष्णुदेवी पुडासैनीले मतदाताले ढुक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरे ।

नेकपा सांसद घनश्याम रिजालले प्रभावकारी बजार अनुगमन गर्न सरकारलाई सचेत गराए ।

बैठकमा रामेछापको तामाकोसी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सांसदहरूले मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारमा आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *