`

आज दिनभरको मौसम कस्तो रहला ?

Nepal One HD १ फागुन २०८२ ७:२४
समाचार

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसका कारण शुक्रबार बिहान तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।

यस्तै, महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।

आज राती भने तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु÷कुहिरो रहने महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भू–भागमा आंशिक बादल लाग्ने समेत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *