‘चुपचाप, घण्टीमा छाप’ षड्यन्त्रकारी नारा हो : महेश बस्नेत (भिडियो)
काठमाडौं । नेकपा एमाले सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार बालेन्द्र शाह (बालेन)ले प्रमुख छँदा तीन वर्षसम्म काठमाडौं महानगरमा उल्लेखनीय केही नगरेको बताएका छन् ।
त्यही भएर चुपचाप घण्टीमा छाप भनेको बताए । उक्त नारा षड्यन्त्रकारी नारा भएको पनि बस्नेत बताउँछन् ।
‘जिम्मेवारी पाएको ठाउँमा राम्रो काम गरेको हुनुपर्यो नि । महानगरमा तीन वर्षमा के काम गरे त बालेनले ? त्यही भएर चुपचाप घण्टीमा चाप, यो षड्यन्त्रकारी नारा होइन ?,’ उनले भने ।
रास्वपा सभापति रवि लामिछानेले रुपन्देही पुगेर हालै दल नबदल्न तर मत बदल्न मतदातालाई आग्रह गरेको प्रति बस्नेतले कटाक्ष गरे । लामिछानको उक्त आग्रह असैद्धान्तिक र अवसरवादी नारा भएको बताए ।
‘पार्टी नबदल रे, भोट बदल अरे नारा । कति असैद्धान्तिक ? कति गैरजिम्मेवार नारा छ ?’, उनले भने, ‘पैसा जसले दिन्छ खानुहोस् अरे, भोट चाहिँ यता हाल्नुहोस् अरे, कति अवसरवादी नारा छ ?’
उनले रविले आफूजस्तै नारा लगाएको भन्दै व्यङ्ग्य गरे ।
