`

कोराबाटै एमाले उम्मेदवारले मतदाताहरूलाई भने– म यता भए पनि मन तपाईँहरूसँगै छ (भिडियो)

Nepal One HD २ फागुन २०८२ १९:३३
निर्वाचन विषेश

विराटनगर । कोरामा रहेका नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर–६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले आफू मतदातासँगै रहेको बताएका छन् ।

उनले शनिबार मतदाताहरूलाई लक्षित गर्दै एक भिडियो सन्देश जारी गरी भने, ‘म मतदाताबीचमै छु र मन मतदातासँगै छछ । अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरू लिने नै छु ।’

ढकाल चुनावी प्रचारकै क्रममा छँदा बुबाको निधन भएको थियो । त्यसपछि कोरामा बसेका उनले शनिबार मतदाताहरूको नाममा भिडियो सन्देश जारी गरेका हुन् ।

भिडियोमा नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताए ।

त्यहाँ नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि उम्मेदवार छन् । उनलाई यसपटक पराजित गर्ने सोचका साथ ढकाल चुनावी मैदानमा उत्रिएका हुन् ।

एमालेका प्रभावशाली नेता ढकाल स्थानीय कार्यकर्ता र जनताबीच परिचित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *