ओलीको संशयपूर्ण टिप्पणी : चुनावको वातावरण अझै बनेको छैन
निर्वाचन विषेश
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन हुनेमा अझै ढुक्क देखिएका छैनन् ।उनले निर्वाचन हुनेमा संशय प्रकट गरे ।
निर्वाचन क्षेत्र झापा– ५ जाँदै गर्दा उनले भद्रपुर विमानस्थलमा उनले पत्रकारहरूसँग भने, ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन ।’
ओलीले निर्वाचन भएको अवस्थामा पार्टीले भाग लिने बताए । ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौँ । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनको शंका थियो ।
त्यसपछि पत्रकारहरूले उनलाई सोधेका थिए, ‘तपाईं के देख्नुहुन्छ ?’
जवाफमा ओलीले भने – ‘चुनाव त हुन्छ भन्ठान्छु अब ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
