युवराजको शतकका वाबजुद क्यानडा पराजित, न्युजिल्याण्ड सुपर ८मा
खेलकुद
काठमाडौं । जारी टी-२० विश्वपकमा क्यानडाविरूद्ध ८ विकेटको जित दर्ता गर्दै न्युजिल्याण्डले सुपर ८मा स्थान सुरक्षित गरेको छ ।
चेन्नाईमा टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । यसमा १९ वर्षिय युवा ब्याटर युवराज शर्माको शतकिय पारी महत्वपूर्ण रह्यो । एसोसिएट टिमका तर्फबाट विश्वकपमा टेस्ट राष्ट्रविरूद्ध पहिलो शतकको किर्तिमान बनाएका युवराजले ६५ बलमा ११० रन बनाएका थिए ।
जवाफी ब्याटीङमा उत्रिएको न्युजिल्याण्डले १७४ रनको लक्ष्य १५ ओभर १ बलमा पुरा गर्यो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले अविजित ७६ तथा रचिन रविन्द्रलले अविजित ५९ रनको महत्वपूर्ण योगदान गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
