भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ – प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आज एक सन्देश जारी गर्दै उनले भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गर्नुपर्ने बताएकी छिन् ।
स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुनु पर्ने उनले बताएकी छिन् ।
उनले लेखेकी छिन्
७६औँ प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना।२००७ सालको क्रान्तिले हामीलाई रैतीबाट नागरिक बनायो र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुवात भयो।
तर लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटकपटक आन्दोलन गर्नुपर्यो।अब त्यस नियतिको अन्त्य गर्नैपर्छ।भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ।
स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बनौँ। प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
