`

एमाले उम्मेदवार सूर्य थापा पिठो बेल्ने, मतदाता रोटी पकाउने ! (भिडियो)

Nepal One HD ९ फागुन २०८२ १२:३९
निर्वाचन विषेश

काठमाडौं । चुनावी अभियानमा रहेका उम्मेदवारहरूको रोमाञ्चक तस्बिर र भिडियोहरू सार्वजनिक भइरहेका छन् । त्यसमा एमाले उम्मेदवार सूर्य थापा निकै अघि छन् ।

कहिले उनको मालाले अनुहार पुरिएका तर नमस्कार गरिएका तस्बिर सार्वजनिक हुन्छ त कहिले आफू पिठो बेल्ने र मतदाता रोटी पकाउँदै गरेको भिडियो भाइरल हुन्छ ।

रोटी बेल्दै गरेको भिडियोमा उनले सोधेका छन्, ‘रोटी चाहिँ मिठो पकाउनुहुन्छ तपाईंले ?’

मतदाता भन्छिन्– ‘यस्तै त हो नि …।’

थापा प्युठानबाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट उम्मेदवार बनेका छन् । यसअघि त्यही क्षेत्रबाट उनी निर्वाचित थिए ।

जेन–जी विद्रोहपछिको परिवर्तित राजनीतिक सन्दर्भमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा फेरि विजयी हुनकै लागि उनी जिल्लाका गाउँगाउँ पुुगिरहेका छन् ।

त्यसक्रममा उनका चुनावी अभियानसँग जोडिएका हास्यपरक भिडियोहरू सार्वजनिक भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *