`

‘नेपालको निजी क्षेत्रसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओली’

Nepal One HD ९ फागुन २०८२ १३:०३
निर्वाचन विषेश

काठमाडौं । चुनाव क्षेत्रमा रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज निजी क्षेत्रसँग अन्तरसंवाद गर्दैछन् ।

उनले निजी क्षेत्र, नीतिगत सुधार तथा युवा केन्द्रित आर्थिक रुपान्तरणका विषयमा शिक्षा, ऊर्जा, उद्योग व्यावसाय, स्वास्थ्य, सूचना प्रविधिका क्षेत्रमा नेपालको सम्भावना र चुनौतीका विषयमा अन्तरसंवाद गर्नेछन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को आयोजनामा हुने कार्यक्रममा दुईवटा प्यानल डिस्कसन राखिएको छ ।

हिसानका अध्यक्ष युवराज शर्माले ‘नेपालको निजी क्षेत्रसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओली’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको बताए ।

उनका अनुसार अन्तरसंवादमा निजी क्षेत्रका मुख्य ६ वटा क्षेत्रलाई समेटेर प्यानल डिस्कसन राखिएको छ ।

प्यानल छलफलमा हिसानका पूर्वअध्यक्ष रमेशकुमार सिलवाल, इपानका अध्यक्ष गणेश कार्की, प्याव्सनका पूर्वकेन्द्रीय अध्यक्ष टिकाराम पुरी, मेडिकल एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्की, आइटी उद्यमी सुलभ बुढाथोकी र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं सहभागी हुनुहुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *