ममता शर्माकाे चितवन-२ वासीलाई आग्रह – रवि लामिछाने जेल जान्छन्, भाेट नदिनुहाेस् (भिडियाे)
निर्वाचन विषेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि जेल जाने भन्दै उनलाई मत नदिन चितवन-२ वासीलाई रास्वपा छाडेकी मधेस प्रदेशकी पूर्वसभापति ममता शर्माले आग्रह गरेकी छन् ।
यसअघि दुईपटक ५० हजार मतदाताले निर्वाचित गरे पनि भाेट खेर गएकाे भन्दै उनलाई यसपटक भने मत नदिन चितवनवासीसँग शर्माले भनेकी हुन् ।
लामिछाने विवादित व्यक्ति भएकाे भन्दै उनले उनी जेल जाने हुनाले उनलाई भाेट दिनु बेकार हुने बताइन् । लामिछानेकाे दल रास्वपा सिद्धान्तभन्दा प्रचारप्रसारकाे जगमा उभिएकाे उनकाे टिप्पणी छ ।
शर्माले बुधबार रास्वपा त्यागेकी हुन् । उनी साेही दिन कांग्रेस प्रवेश गरिन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
