`

१२ वर्षपछि आयोजक सहारा क्लबले जित्याे, आहा रारा गोल्डकपको उपाधि

Nepal One HD ९ फागुन २०८२ १८:०१
खेलकुद

काठमाडौं । १२ वर्षपछि  आयोजक सहारा क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनलमा सहाराले जावलाखेललाई २-० गोलले हराउँदै उपाधि जितेको हो ।

सहाराका मुकुन्दकुमार निउरे र ते डिनियल बडारुले गोल गरे । योसँगै विजेता बनेको सहाराले १४ लाख र उपविजेता बनेको जावलाखेलले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

सहाराले १२ वर्षपछि पोखरा गोल्डकपको उपाधि जितेको हो ।

यसअघि २०७० सालको १२औँ संस्करणको फाइनलमा सहाराले मनाङलाई हराएको थियो । २५औँ संस्करणको पोखरा गोल्डकपमा १२ वटा टोली सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *