`

रौतहट घटनापछि बस्याे सुरक्षा समिति बैठक

Nepal One HD ९ फागुन २०८२ १८:१८
प्रमुख खबर

काठमाडौं । राैतहटसहित तराई-मधेशका विभिन्न जिल्लामा प्रतिनिधिसभा निर्वाचनअघि सुरक्षा चुनाैती बढाउने गतिविधि भइरहेपछि केन्द्रीय सुरक्षा समितिकाे बैठक बसेकाे छ । निर्वाचन सुरक्षा बिथाेल्न सक्ने गतिविधि नियन्त्रणका लागि रणनीति बनाउन सुरक्षा समितिकाे बैठक बसेकाे हाे ।

गृहमन्त्री एवं केन्द्रीय सुरक्षा समितिका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक बसेको हो। बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारी उपस्थित रहेका छन्।

शुक्रबार र शनिबार राैतहटमा हिन्दु र मुस्लिम समुदायबीच तनावपूर्ण स्थिति निम्तिएकाे छ । त्यहाँ जिल्ला प्रशासन कार्यालयले अहिले कर्फ्यू आदेश जारी गरेकाे छ । सेना परिचालन गरिएकाे छ । यसले निर्वाचन सुरक्षामा गम्भीर असर पुर्‍याउने आकलन प्रशासनकाे छ ।

अर्काेतिर देशकाे ठाउँठाउँमा रास्वपाका कार्यकर्ता र समर्थकहरुले कांग्रेस, एमाले, नेकपालगायत दलका झण्डा  जलाउनेजस्ता अराजक गतिविधि जारी राखेपछि त्यसले सरकारलाई टाउकाे दुखाई बनेकाे छ । यस्ताेमा केन्दीय सुरक्षा समितिकाे बैठक बसेकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *