`

देश पैसाले हाेइन, दृष्टिकाेणले विकास हुन्छ : ओली

Nepal One HD ९ फागुन २०८२ १८:३३
निर्वाचन विषेश

काठमाडाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌‌ओलीले देश विकास र समृद्धितिर लम्किएकाे दाबी गरेका छन् ।

आफू राजनीतिमा आएकाे बेला पेट्राेलम्याक्स बाल्ने गरिएकाेमा यतिबेला भने घरघरमा बिजुली पुगेकाे बताए ।

आफू प्रधानमन्त्री भएकाे दुई वर्षमै मदन भण्डारी राजमार्ग बनेकाे भन्दै देशकाे विकास र समृद्धि भइरहेकाे बताएका हुन् ।

तर, एकथरी मानिसहरु निराशा मात्रै छर्न उद्दत भएकाे भन्दै उनले असन्तुष्टि जनाए । उनले युवाहरुलाई उधमशीलतामा अग्रसर गरे ।

देश विकास पैसाले नभई दृष्टिकाेणले हुने बताए । एमाले देश र जनताकाे जीवन परिवर्तन गर्ने दल भएकाे दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *