काठमाडौंको तारकेश्वरमा घरमा पस्याे चितुवा
बिशेष
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–९ मा घरभित्र पसेर चितुवाले दुई जनालाई आक्रमण गरेकाे छ ।
स्थानीय अनाेजमणि अधिकारीकाे घरमा चितुवा पसेकाे र उक्त चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पुर्याइएको छ ।
महर्जनको टाउको र बायाँ हातमा सामान्य चोट छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ ।
चितुवालाई घरमै थुनेर राखिएकाे र वनकाे टाेलीलाई बाेलाएकाे एसपी भट्टराईले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
