टी-२० विश्वकप: श्रीलंकासामू ईंग्ल्याण्डको कमजोर ब्याटिङ
खेलकुद
काठमाडौं। टी-२० विश्वकपको सुपर-८मा कमजोर ब्याटिङ प्रदर्शन गरेको ईंग्ल्याण्डले घरेलु टिम श्रीलंकालाई १४७ रनको सामान्य चुनौति दिएको छ ।
श्रीलंकाको पाल्लेकेलेमा टस हारेर ब्याटिङ थालेको ईंग्ल्याण्डले ९ विकेट गुमाएर १४६ रन बनाएको हो । फिल साल्टले ६२ रन बनाए पनि अरू कुनै अंग्रेज ब्याटर चल्न सकेनन् ।
श्रीलंकाका दुनिथ वेलालागेले तीन र महिस थिक्साना र दिलसान मधुशंकाले २-२ तथा दुश्मन्थ चमिराले १ विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
