श्रीलंका ९५ रनमा अलआउट, सुपर ८मा ईंग्ल्याण्डको विजयी सुरूवात
खेलकुद
काठमाडौं । जारी टी-२० विश्वकपमा सुपर ओभरको आफ्नो पहिलो खेलमा ईंग्ल्याण्डले आयोजक श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकाको पाल्लेकेलेमा श्रीलंकाविरूद्ध ५१ रनको जित निकाल्दै ईंग्ल्याण्डले अंक बटुलेको हो।
१४७ रनको लक्ष्य पछ्याएको श्रीलंका जम्मा ९५ रन बनाउँदा अल आउट भयो । दसुन शानकाले ३० रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन्।
ईंग्ल्याण्डका विल ज्याक्सले तीन तथा जोफ्रा आर्चर, लियाम डासवान र आदिल रसिदले दुई-दुई विकेट लिए । जेमी ओभर्टनले एक विकेट हात पारे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
